|
२०८३ आश्विन २८
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण पूरा गरी बुधबार नेपाल फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।
भ्रमणका क्रममा सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोय वाकरसहित उच्च सैनिक अधिकारीसँग भेटवार्ता गरेका थिए। उनले वेल्सस्थित इन्फ्यान्ट्री ब्याटल स्कुल पुगेर ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२६’ नामक अन्तर्राष्ट्रिय सैनिक अभ्यासको निरीक्षणसमेत गरेका थिए।
उक्त अभ्यासमा स्वर्ण पदक जितेको नेपाली सैनिक टोलीका सदस्यलाई सिग्देलले प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेका छन्। नेपाली सेनाका अनुसार भ्रमणले नेपाल र बेलायतबीचको लामो समयदेखिको सैनिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुर्याएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्