|
२०८३ आश्विन २४
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ दिशामा अघि बढाउँदै नयाँ इतिहास रच्ने बताएका छन्।
शनिबार पार्टी मुख्यालयमा सम्बोधन गर्दै उनले कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्ने, युवा तथा महिलाको सहभागिता बढाउने र गुटबन्दी अन्त्य गर्ने प्रतिबद्धता जनाए।
थापाले कांग्रेसले सरकारका गलत निर्णयको विरोध गर्ने र देशहितका काममा समर्थन जनाउँदै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताए। उनले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन आह्वान गरे।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्