राजनीति सेवा हो, सत्ता र पैसाको खेल होइन : शशाङ्क कोइराला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले राजनीतिमा सिद्धान्त र निष्ठा कायम राख्नुपर्ने बताएका छन्। उनले सत्यको पक्षमा उभिँदा त्यसको मूल्य चुकाउनसमेत तयार हुनुपर्ने धारणा राखेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै कोइरालाले राजनीति जनताको सेवाका लागि हुनुपर्ने बताए। सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिलाई राजनीतिमा स्थान दिन नहुने उनको भनाइ थियो।राजनीतिमा विधि, पद्धति र मूल्य–मान्यताभन्दा सत्ता, शक्ति र पैसाको प्रभाव बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे। यही प्रवृत्तिका कारण निर्वाचनसमेत महँगो बन्दै गएको उनले उल्लेख गरे।

नेपाली कांग्रेसको इतर समूहको १५औँ महाधिवेशन आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले विश्वास र सिद्धान्तमा अडिग रहनु राजनीतिको महत्त्वपूर्ण आधार भएको बताएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *