हुम्ला । हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमीको हल्जी गाउँमा रोकिएका तीन जना विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार जर्मनीका फाबियन उर्लिख, जोनास उर्लिख र विल्हेल्म उर्लिखलाई बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
असोज ९ देखि ११ गतेसम्म भएको भारी हिमपातपछि सडकमा बाक्लो हिउँ जम्दा लिमी क्षेत्रको आवतजावत प्रभावित भएको थियो। सडक अवरुद्ध भएपछि पर्यटकहरू हल्जीमै रोकिएका थिए।
पर्यटकहरूलाई सिम्रिक एयरको ९ एन–एकेडी हेलिकप्टरमार्फत हल्जीबाट उद्धार गरी सिमकोट विमानस्थल ल्याइएको थियो। त्यसपछि उनीहरूलाई सुर्खेततर्फ लगिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काका अनुसार हिमपातका कारण स्थलमार्गबाट आवतजावत गर्न कठिन भएपछि हवाई उद्धारको व्यवस्था गरिएको हो।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्