|
२०८३ आश्विन १५
म्याग्दी । कालीगण्डकीको बाढीले आनन्दबगरका घरहरूमा क्षति पुर्याएपछि स्थानीयको दैनिकी अस्तव्यस्त बनेको छ। घरभित्र पसेको हिलो सफा गर्दै गरेका उनीहरूलाई अब सुरक्षित बसोबासको चिन्ताले सताउन थालेको छ।
असोज ११ गतेको बाढीले आठ घरमा क्षति पुर्याउनुका साथै तरकारी खेती, सडक, खेलमैदान र खानेपानी संरचनामा समेत असर गरेको छ। घर सफा गरे पनि नदीको बहाव बढ्ने डरका कारण धेरै परिवार राति घरमा बस्न सकेका छैनन्।
स्थानीयले राहतसँगै नदी किनारमा दीर्घकालीन तटबन्ध निर्माण गर्न माग गरेका छन्। समयमै बस्ती संरक्षणको व्यवस्था नभए पुस्तौँदेखि बस्दै आएको ठाउँ छाड्नुपर्ने अवस्था आउन सक्ने उनीहरूको चिन्ता छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्