पाँच दिनपछि खुल्यो बेनी–पोखरा सडक, आवागमन सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १५

म्याग्दी । बाढी र पहिरोका कारण पाँच दिनदेखि बन्द रहेको बेनी–पोखरा सडकमा यातायात पुनः सञ्चालन भएको छ।

कुश्मादेखि बेनीसम्म विभिन्न ठाउँमा बाढीले सडक कटान गर्नुका साथै ठाउँ–ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएर सडक मर्मत गरेपछि बुधबार साँझदेखि सवारीसाधन चल्न थालेका हुन्।

मालढुङ्गा–बेनी खण्डका केराबारी र लामाबगर क्षेत्रको पहिरो हटाएपछि बेनी र पोखराबीच यातायात सम्पर्क जोडिएको प्रहरीले जनाएको छ। सडक खुलेसँगै इन्धनलगायत अत्यावश्यक सामग्री ढुवानीमा समेत सहज हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *