मुख्य सिजनमै बन्द भयो तातोपानी कुण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १३

म्याग्दी । म्याग्दी नदीको बाढी र पहिरोले बेनी–४ स्थित सिंगा तातोपानी कुण्डका संरचनामा क्षति पुर्‍याएपछि स्नानस्थल बन्द भएको छ।

बाढीले मुख्य पोखरीमा हिलो थुपारेको छ भने अर्को पोखरी, कपडा परिवर्तन गर्ने भवन, पानी भण्डारण ट्याङ्की र खुला स्नानस्थलमा क्षति पुगेको छ। असोज–कात्तिकमा यहाँ स्नान गर्नेको भीड लाग्ने भए पनि कुण्ड बन्द भएपछि स्थानीय होटल, रेष्टुरेन्ट तथा होमस्टे व्यवसाय प्रभावित भएका छन्।

व्यवस्थापन समितिले श्रमदानबाट हिलो पन्छाएर कुण्ड पुनः सञ्चालन गर्ने तयारी गरेको छ। यहाँ प्राकृतिक उपचारका लागि वार्षिक २० हजारभन्दा बढी मानिस आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *