|
२०८३ आश्विन १२
मनाङ । लगातारको वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले नासों गाउँपालिका–१ को तालगाउँ डुबानमा परेको छ।
बाढी पसेपछि ६४ घरधुरीका स्थानीय सुरक्षित घर तथा स्वास्थ्य चौकीमा आश्रय लिएर बसेका छन्। विद्युत् पोलमा क्षति पुगेपछि गाउँमा विद्युत् र सञ्चार सेवा समेत प्रभावित भएको छ।
बाढीले नासों–७ र ८ जोड्ने झोलुङ्गे पुल बगाएपछि आवतजावत रोकिएको छ। चामेको घट्टेखोलामा आएको बाढीले तीन घरमा क्षति पुर्याएपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्