बाढीले मनाङको यातायात अस्तव्यस्त, बेँसीसहर–चामे सडक बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १२

मनाङ । लगातारको बाढीका कारण मनाङमा सडक तथा पुलमा क्षति पुग्दा यातायात र सम्पर्क प्रभावित भएको छ।

बाढीले चामेमा पाँच घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने दुई काठे मोटरपुल र एक झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ। नासों–१ तालगाउँ डुबानमा परेको छ।

बाढी र पहिरोपछि जिल्लाको मुख्य सडक बेँसीसहर–चामे पूर्ण रूपमा अवरुद्ध भएको छ। ङिस्याङ गाउँपालिकासँग अझै फोन सम्पर्क हुन नसकेको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *