बाढीको चपेटामा धवलागिरि, मुख्य सडकमार्ग अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १२

गण्डकी । कालीगण्डकीमा आएको बाढीपछि धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जोड्ने सडकमार्ग प्रभावित भएको छ।

पर्वतको कुश्मा–नयाँपुलमा करिब १०० मिटर सडक बाढीले बगाएको छ भने मालढुङ्गा पुलमा क्षति पुगेपछि यातायात ठप्प भएको छ। जलजला–८ फर्से र लस्ती क्षेत्रमा समेत सडक कटान तथा पहिरोले आवागमन प्रभावित भएको छ।

बाढीले फर्सेको पुरानो बजारमा क्षति पुर्‍याउनुका साथै ६६ घरमा क्षति र २५ घरलाई उच्च जोखिममा पारेको जनाइएको छ। मानवीय क्षति नभए पनि सडक तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *