|
२०८३ आश्विन ११
कर्णाली । लगातारको वर्षासँगै पहाडी क्षेत्रमा खसेको पहिरोका कारण कर्णालीका विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ। मुख्य राजमार्गदेखि स्थानीय सडकसम्म ठाउँ–ठाउँमा पहिरो खसेपछि आवागमन रोकिएको हो।
कर्णाली करिडोर र कर्णाली राजमार्गका साथै मध्यपहाडी तथा राप्ती राजमार्गका विभिन्न खण्डमा पहिरोले सडक छेकेको प्रहरीले जनाएको छ। सुर्खेत, जाजरकोट, सल्यान, कालीकोट, जुम्ला, मुगु र हुम्लाका सडक बढी प्रभावित भएका छन्।
अवरुद्ध सडक खुलाउन सम्बन्धित सडक डिभिजन कार्यालयले जेसीबी, स्काभेटरलगायतका उपकरण परिचालन गरेका छन्। पहिरो हटाउने काम जारी रहे पनि वर्षा भइरहेकाले यातायात सहज हुन समय लाग्न सक्ने अवस्था छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्