आज धेरै ठाउँमा वर्षाको सम्भावना, चट्याङबाट सतर्क रहन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १०

काठमाडौँ । शनिबार देशका अधिकांश भूभागमा बदली रहने र विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना बढी छ।

त्यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

हाल देशमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास विकसित बलियो न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै कमजोर हुने क्रममा रहे पनि त्यसको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा बागमतीका केही र कोशी र मधेसका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *