|
२०८३ आश्विन ८
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका लागि जर्मनीसँग सहयोग मागेका छन्।
न्युयोर्कमा जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको भेटमा खनालले विपद् पूर्वतयारी, जलवायु उत्थानशीलता र क्षमता अभिवृद्धिमा थप लगानी आवश्यक रहेको बताए।
जर्मन मन्त्री राडोभानले नेपाललाई वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउन जर्मनी प्रतिबद्ध रहेको बताइन्। भेटमा नेपाल–जर्मनी द्विपक्षीय सहकार्य थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्