|
२०८३ आश्विन ६
पोखरा । फ्लाई दुबईको दुबई–पोखरा सिधा उडान सुरु हुन लागेसँगै पोखराका पर्यटन व्यवसायीले यात्रुलाई आकर्षित गर्न विशेष छुट योजना ल्याएका छन्।
फ्लाई दुबईबाट पोखरा आउने यात्रुले सहभागी होटलमा २५ प्रतिशतसम्म छुट पाउनेछन्। पहिलो उडानका यात्रुलाई एक रातको होटल बसाइ र बिहानको खाजा निःशुल्क दिने व्यवस्था गरिएको छ।
त्यस्तै, बोर्डिङ पास देखाउने यात्रुलाई पोखराका आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिइनेछ।
हाल होटलतर्फ करिब ५० व्यवसायी छुट योजनामा जोडिएका छन्। सुरुमा तीन महिनाका लागि लागू हुने योजना पछि थप गर्न सकिने व्यवसायीले बताएका छन्।
फ्लाई दुबईको पहिलो दुबई–पोखरा उडान बुधबार साँझ ६ः१५ बजे पोखरा आइपुग्ने र ७ः१५ बजे दुबई फर्किने तालिका छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्