|
२०८३ आश्विन ४
काठमाडौँ । हुम्लाको सर्केगाड–२ स्थित छारेभिरमा खसेको पहिरोले कर्णाली करिडोरको यात्रा प्रभावित बनेको छ। पहिरोसँगै खसेका ठूला ढुङ्गाले करिब १०० मिटर सडक ढाकिएपछि सवारीसाधन चल्न सकेका छैनन्।
सडक बन्द भएपछि सिमकोटतर्फ लागेका यात्रुहरू बाटोमै रोकिएका छन्। उपचारका लागि स्वास्थ्य शिविरमा जान हिँडेका अदानचुलीका २७ जनाभन्दा बढी नागरिकसमेत खडीखेतमा रोकिएका छन्।
ठूला ढुङ्गा हटाउन उपकरण आवश्यक पर्ने भएकाले सडक तत्काल खुलाउन कठिन रहेको प्रशासनले जनाएको छ। आइतबारबाट अवरोध हटाउने काम थालेर करिडोर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्