नेपाल प्रहरीले ३३४ पदमा खुलायो नयाँ भर्ना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जना कर्मचारी माग गर्दै नयाँ भर्ना आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागले भर्नासम्बन्धी सूचना जारी गर्दै आवेदन खुलाएको हो।

माग गरिएका पदमा प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना, प्रहरी कार्यालय सहायक (भान्छे) ८३ जना, प्रहरी कार्यालय सहायक (हजाम) १५ जना र प्रहरी कार्यालय सहयोगी (कुचिकार) २५ जना रहेका छन्।

इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। प्रहरी कार्यालय सहायक पदका लागि भने तोकिएको अवधिमा कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ।

भर्नासम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *