|
२०८३ आश्विन १
काठमाडौँ । भारतको पश्चिम बंगाल सरकारले कोलकातामा मार्क्स, लेनिन र हो ची मिन्हका नाममा रहेका सडक तथा सार्वजनिक स्थलको नाम परिवर्तन गर्ने प्रस्तावमाथि समीक्षा थालेको छ।
यसका लागि राज्य सरकारले १० सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। समितिले सडकको नामसँग सम्बन्धित व्यक्तित्वको भारतीय तथा बंगाली इतिहास, संस्कृति र विरासतसँगको सम्बन्ध अध्ययन गरी सिफारिस गर्नेछ।
समितिका सदस्य तथा भाजपा नेता तथागत रायले लेनिन सरणीको नाम देवप्रसाद घोष, कार्ल मार्क्स सरणीको नाम माइकल मधुसुदन दत्त वा रंगलाल बन्द्योपाध्याय र हो ची मिन्ह सरणीको नाम मार्टिन लुथर किङ जुनियरको नाममा राख्न प्रस्ताव गरेका छन्।
समितिको पहिलो बैठक दुर्गापूजापछि बस्ने बताइएको छ। प्रस्तावहरू सार्वजनिक भए पनि अहिलेसम्म कुनै अन्तिम निर्णय भने भएको छैन।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्