|
२०८३ भाद्र ३०
काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन्।
बिहान ७ः१५ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७ सय ७५ क्युसेक पुगेको छ।
ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीको जलसतह खतराको तहमा पुगेको छ भने बहाव अझै बढिरहेको छ।
पानीको सतह बढेसँगै स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्