विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला,२,४९८ जना सम्पर्कविहीन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १४

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। प्राधिकरणको रिपोर्ट अनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्।

कहाँ कति शव फेला पर्यो ?


चितवन: २५९ जना
नवलपरासी पूर्व:१८४ जना
नवलपरासी पश्चिम:८२ जना
गोरखा: ५८ जना
नुवाकोट: ५२ जना
धादिङ:५० जना
तनहुँ: ३६ जना
रसुवा: १३ जना
२,४९८ जना सम्पर्कविहीन: ९३३ जलविद्युत् आयोजनाका कामदार


बाढीमा परी अझै २,४९८ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा विभिन्न सुरक्षा निकायका ८५ जना ९सेना ४५, प्रहरी २७, सशस्त्र १३० समेत रहेका छन्। यस्तै, विभिन्न जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना कामदार सम्पर्कविहीन भएका छन्।


सम्पर्कविहीन हुनेमा ५८९ विदेशी नागरिक र उनीहरूसँगै गएका १२७ नेपाली पर्यटन सहयोगीहरू समेत रहेका छन्। रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ। विपद्पछि उद्धारका लागि देशभर १९,८९५ सुरक्षाकर्मी परिचालित भएका छन्। हालसम्म ८,१८६ जनाको जीवितै उद्धार गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *