काठमाडौँ । बाढीका कारण त्रिशूली नदी हुँदै गोरखाको बगरमा पुगेका शवमध्ये २९ वटाको अन्त्येष्टि गरिएको छ।
जिल्ला प्रशासनका अनुसार गोरखामा अहिलेसम्म ५५ शव फेला परेका छन्। तीमध्ये पहिचान गर्न नसकिएका तथा क्षतविक्षत अवस्थामा रहेका २९ शवको डीएनए नमुना सुरक्षित राखेर अन्त्येष्टि गरिएको हो।
प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठका अनुसार जिल्लामा पर्याप्त शवगृह नभएकाले लामो समयसम्म शव राखिराख्न सम्भव नभएको र स्वास्थ्य जोखिमसमेत बढ्न सक्ने अवस्थाका कारण अन्त्येष्टि गरिएको हो।
गोरखामा भेटिएका अन्य २३ शव भने पहिचान खुल्न सक्ने अवस्थामा रहेका छन्। तीमध्ये ११ शव थप पहिचान तथा व्यवस्थापनका लागि पोखरा पठाइएको छ भने बाँकी शव स्थानीय अस्पतालका शवगृहमा राखिएका छन्।
सहिदलखन गाउँपालिका–९ बुङ्कोटघाटस्थित बूढीगण्डकी नदी किनारमा २९ शवको अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्