|
२०८३ भाद्र १३
भोजपुर । सालपा पोखरीमा लागेको धार्मिक मेलाका क्रममा भएको विवादले गम्भीर रूप लिँदा एक शिक्षकको ज्यान गएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
खोटाङको केपिलासगढी–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको बिहीबार राति कुटपिटपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
मेलाका क्रममा दिउँसो विवाद भएपछि राति सामूहिक रूपमा कुटपिट गरिएको आरोप मृतकका आफन्तले लगाएका छन्। घटनास्थलमा मोबाइल नेटवर्कसमेत नचल्ने र पैदलमार्फत मात्र पुग्न सकिने भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा ११ जनालाई नियन्त्रणमा लिइएको र घटनामा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्