दलको ह्विप नमानेको आरोपमा अम्बिका काफ्लेमाथि कारबाहीको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ९

बुटवल : जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई दलको निर्देशन उल्लङ्घन गरेको आरोपमा कारबाहीका लागि सिफारिस गरेको छ।

जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलले काफ्ले मुख्यमन्त्री चेतनारायण आचार्यले मागेको विश्वासको मतसम्बन्धी बैठकमा दलको ह्विपविपरीत अनुपस्थित भएको जनाएको छ।

दलका अनुसार यस विषयमा काफ्लेसँग पटक–पटक स्पष्टीकरण मागिए पनि चित्तबुझ्दो जवाफ नआएपछि उनलाई निष्कासन गरी प्रदेशसभा सदस्यबाट समेत हटाउने प्रक्रिया अघि बढाउन पार्टी केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको हो।

संसदीय दलले प्रदेशसभा सचिवालयलाई समेत आवश्यक कारबाही अघि बढाउन पत्राचार गरेको जनाएको छ। काफ्ले लुम्बिनी प्रदेशसभामा जसपा नेपालबाट प्रतिनिधित्व गर्दै आएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *