|
२०८३ श्रावण १९
वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकाविरुद्धको कसुरसँग सम्बन्धित घटनाबारे आधिकारिक रूपमा पुष्टि भएका तथ्य मात्र सार्वजनिक गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।
प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अनुसन्धान प्रक्रिया जारी रहेकाले अनुमान, अपुष्ट सूचना वा एकपक्षीय सामग्री प्रकाशन–प्रसारण नगर्न आग्रह गरेका हुन्। उनका अनुसार यस्ता सामग्रीले अनुसन्धानमा असर पार्नुका साथै सम्बन्धित पक्षको अधिकार र सार्वजनिक विश्वासमा नकारात्मक प्रभाव पर्न सक्छ।
साउन ९ गते वीरगञ्ज–१३ मा एक बालिकामाथि भएको कथित कसुरसम्बन्धी उजुरीपछि प्रहरीले एक जना आरोपितलाई नियन्त्रणमा लिएर कानुनबमोजिम अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धान पूरा भएपछि सार्वजनिक गर्न मिल्ने विवरण आधिकारिक रूपमा उपलब्ध गराइने प्रहरीको भनाइ छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्