काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र जारी गरिएको घटनामा उनको संलग्नता देखिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएसँगै सोमबार त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा जर्मन राजदूतावासले २०६८ साल जेठ २० गते शंकास्पद पाँच वटा सक्कल यात्रा अनुमतिपत्र सीआईबीलाई बुझाएको थियो। ती अनुमतिपत्र प्रस्तुत गर्ने व्यक्तिको राष्ट्रियतामाथि शंका उत्पन्न भएपछि अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीका अनुसार उक्त समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृतका रूपमा कार्यरत रहेका भट्टराई यात्रा अनुमतिपत्र जारी गर्ने प्रक्रियामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्