मझगाउँ विमानस्थलको कामबारे पर्यटनमन्त्रीको चासो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ६

महेन्द्रनगर :कञ्चनपुरको भीमदत्तस्थित मझगाउँ विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले पुनर्निर्माणको प्रगति, बाँकी काम र देखिएका चुनौतीबारे जानकारी लिँदै राज्यको लगानी समयमै प्रतिफल दिने गरी निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्।

२०५८ सालदेखि बन्द रहेको विमानस्थलको पुनर्निर्माण कार्य हाल करिब ७५ प्रतिशत पूरा भएको छ। जग्गा व्यवस्थापनपछि निर्माणले गति लिएको विमानस्थल सञ्चालनमा आएपछि सुदूरपश्चिमको हवाई पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *