|
२०८३ श्रावण १
काठमाडौं — अटिजमको विषयवस्तु समेटिएको नेपाली चलचित्र ‘गौँथली’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। डा. कपिल रिजाल निर्देशित चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काले मुख्य भूमिका निर्वाह गरेका छन् भने अरुणले अटिजम भएका पात्रको भूमिका प्रस्तुत गरेका छन्।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा र सन्जोग रसाइलीको पनि अभिनय रहेको छ। डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्