|
२०८३ असार २३
महोत्तरी, असार २३ । महोत्तरीका दुई चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने अधिकांश रकम भुक्तानी गरेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार एभरेष्ट र सिद्धिविनायक चिनी उद्योगमार्फत किसानले रु एक अर्ब ७६ करोडभन्दा बढी रकम प्राप्त गरिसकेका छन्। चालु याममा किसानले करिब २८ लाख ६८ हजार क्विन्टल उखु उद्योगलाई बिक्री गरेका थिए।
यस्तै, उखु किसानका लागि सरकारले उपलब्ध गराउने रु २० करोडभन्दा बढी अनुदान रकम भुक्तानी प्रक्रियामा रहेको जनाइएको छ। बाँकी रकमसमेत असार मसान्तभित्र वितरण गरिसक्ने लक्ष्य राखिएको प्रशासनले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्