|
२०८३ असार १९
तानसेन : पाल्पामा उत्पादन हुने तेजपात र दालचिनीको भारत निर्यात उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी र १२ लाख ८८ हजार ४८२ किलो तेजपात भारत पठाइएको डिभिजन वन कार्यालयले जनाएको छ। निर्यात वृद्धि भएसँगै यी वनजन्य उत्पादन स्थानीय किसानको आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएका छन्।
कार्यालयले उत्पादन वृद्धि र बजार विस्तारलाई निरन्तरता दिन सके कृषकको आयसँगै जिल्लाको वनजन्य वस्तु निर्यात अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्