उदयपुरमा जङ्गली हात्तीको आतंक, आधा दर्जन घरमा क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १५

उदयपुर, असार १५ — उदयपुरको चौदण्डीगढी नगरपालिका–७ स्थित कुमाङ लामाचौरमा जङ्गली हात्तीको समूह गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन्।

गएराति गाउँ प्रवेश गरेको हात्तीले कम्तीमा ६ वटा घरमा क्षति पुर्‍याउनुका साथै घरभित्र राखिएको अन्नबालीसमेत नष्ट गरेको प्रहरीले जनाएको छ। हात्ती गाउँमा पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ भागेर ज्यान जोगाएका थिए।

घर क्षति भएका परिवारलाई नगरपालिकाले अस्थायी बसोबासको व्यवस्था गरेको छ। कोशीटप्पु क्षेत्रबाट आएको अनुमान गरिएको हात्तीको समूह अझै नजिकैको जंगलमा रहेकाले सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *