काठमाडौं, असार १५ — नेपाल राष्ट्र बैंकले सोमबारका लागि लागू हुने विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको दरअनुसार विभिन्न प्रमुख अन्तर्राष्ट्रिय मुद्राको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।
यस्तै, एक युरोको खरिददर १७१ रुपैयाँ ६० पैसा तथा बिक्रीदर १७२ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ। बेलायती पाउण्ड स्टर्लिङको खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८१ पैसा रहेको छ भने स्वीस फ्रयाङ्कको खरिददर १८६ रुपैयाँ १६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९० पैसा तोकिएको छ।
अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलरको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ २० पैसा तथा बिक्रीदर १०६ रुपैयाँ ६२ पैसा रहेको छ। सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ।
एसियाली मुद्रामा जापानी येन (१० इकाइ) को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ १७ पैसा तथा बिक्रीदर २२ रुपैयाँ २६ पैसा रहेको छ। साउदी रियालको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा तोकिएको छ भने कतारी रियालको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।
यसैगरी, थाई भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
उच्च मूल्य भएका मुद्रामध्ये कुवेती दिनारको खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा कायम गरिएको छ। बहराइन दिनारको खरिददर ३९९ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर ४०१ रुपैयाँ ४३ पैसा रहेको छ भने ओमानी रियालको खरिददर ३९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारी सम्बन्धित बैंक वा राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिने जनाइएको छ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्