देशभर मनसुन सक्रिय, वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १५

काठमाडौं, असार १५ — आज देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती तथा पहाडी–हिमाली क्षेत्रमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा पनि आगामी दुई–तीन दिनभित्र मनसुन पूर्ण रूपमा फैलिने सम्भावना रहेको जनाएको छ। नागरिकलाई वर्षा र यसबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *