माप्यमा ४६ हजारभन्दा बढी अलैँचीका बिरुवा रोपियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १४

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ डाँडागाउँमा ११० रोपनी क्षेत्रफलमा ४६ हजार २ सय थान अलैँचीका बिरुवा रोपिएका छन्। स्थानीय कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा अलैँची प्रवर्द्धन ओखलढुङ्गा जोन र सल्लेरी जोनले प्राविधिक सहजीकरण गरेका हुन्।

बिरुवा रोपणसँगै काकु बहुउद्देश्यीय कृषि तथा पशुपक्षी विकास व्यवस्थापन कृषक समूहको आयोजनामा ३० जना कृषकलाई एकदिने स्थलगत तालिम पनि प्रदान गरिएको छ। तालिममा अलैँची खेतीको आधुनिक प्रविधि, रोग–कीरा व्यवस्थापन र उत्पादन गुणस्तर सुधारका विषयमा कृषि शाखा प्रमुख खड्गराज रसाइली र योगेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका थिए।

कुल १२ लाख ५० हजार रुपैयाँको बजेटमा सम्पन्न कार्यक्रमले डाँडागाउँलाई व्यावसायिक अलैँची उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *