|
२०८३ असार १२
कैलाली, असार १२ — कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माणाधीन जालपादेवी केबलकार परियोजनाले सुदूरपश्चिमको पर्यटन र स्थानीय अर्थतन्त्रमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।
करिब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ३.१ किलोमिटर लामो केबलकारसँगै होटल, रेष्टुरेन्ट, स्काईवाक, पार्क र अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्। परियोजना आगामी असोजसम्म सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम तीव्र रूपमा अघि बढाइएको जनाइएको छ।
स्थानीय व्यवसायीहरूका अनुसार आयोजना सञ्चालनमा आएपछि आन्तरिक तथा भारतीय पर्यटकको आगमन बढ्ने, होटल, व्यापार, कृषि र सेवा क्षेत्रमा रोजगारी तथा आर्थिक गतिविधि विस्तार हुने विश्वास गरिएको छ। यस परियोजनालाई सुदूरपश्चिमको पर्यटन विकास र आर्थिक समृद्धितर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्