फिफाको कारबाहीमा एन्फा, अन्तर्राष्ट्रिय फुटबल गतिविधि प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ११

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ।

फिफा काउन्सिल ब्युरोले आफ्नो विधानअनुसार अर्को निर्णय नभएसम्म एन्फामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ। यससँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त सबै अधिकार गुमाएको छ।

निलम्बन कायम रहँदासम्म नेपाली राष्ट्रिय टोली र क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। साथै, फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का विकास, प्रशिक्षण तथा सहयोग कार्यक्रमबाट पनि एन्फा र यससँग आबद्ध पदाधिकारीहरू वञ्चित हुनेछन्।

फिफाले आवश्यक सर्तहरू पूरा भएमा आगामी कंग्रेसअघि नै निलम्बन फुकुवा गर्न सकिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *