भारतीय आगन्तुकको बढ्दो भीडले पोखराको पर्यटन चलायमान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ९

पोखरा : पछिल्ला केही सातायता भारतीय पर्यटकको आगमन बढेसँगै पोखराका होटल तथा पर्यटन व्यवसायमा उल्लेखनीय चहलपहल देखिएको छ। लेकसाइड, तालबाराही मन्दिर र अन्य धार्मिक–पर्यटकीय स्थलहरूमा भारतीय आगन्तुकको उपस्थिति बाक्लिएको व्यवसायीहरूले बताएका छन्।

पर्यटकको संख्या बढेसँगै होटलहरूको अकुपेन्सी उच्च बनेको छ भने डुङ्गा सयर, प्याराग्लाइडिङ, पदयात्रा र अन्य साहसिक गतिविधिमा समेत उत्साहजनक सहभागिता देखिएको छ।

पर्यटन व्यवसायीहरूका अनुसार सामान्यतया अफसिजन मानिने समयमा पनि पर्यटकको राम्रो आगमन भएपछि स्थानीय पर्यटन क्षेत्र थप उत्साहित बनेको छ। नेपालका धार्मिक तथा प्राकृतिक गन्तव्यप्रति भारतीय पर्यटकको आकर्षण निरन्तर बढिरहेको उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *