|
२०८३ असार ७
धरान । सुनसरीको इटहरी–१७ पकली क्षेत्रमा प्रहरीले ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पकलीबाट परिचालित टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी बुहारी २० वर्षीया सेविका सरदारलाई नियन्त्रणमा लिएको हो। गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा सरातुनले बोकेको झोलाबाट २१.५० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधसहित दुवै महिलामाथि अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्