पाराग्वेको जितसँगै टर्कीको विश्वकप यात्रा समाप्त

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

काठमाडौं, असार ६ — फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा पाराग्वेसँग पराजित भएपछि टर्की प्रतियोगिताबाट बाहिरिएको छ।

अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले हराएको हो। खेल सुरु भएको दोस्रो मिनेटमै माटियास गालार्जाले गरेको गोल नै पाराग्वेको जितका लागि निर्णायक बन्यो।

पहिलो हाफको अतिरिक्त समयमा पाराग्वेका मिगुएल अल्मिरोन रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि टर्कीले दबाब बढाए पनि गोल गर्न सकेन।

यस जितसँगै पाराग्वेले समूह ‘डी’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने टर्कीको विश्वकप यात्रा समाप्त भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *