डिजिटल विस्तारमा जोड, ‘आईटी टोली’ निर्माण गर्ने प्रचण्डको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनलाई आधुनिक र प्रभावकारी बनाउन डिजिटल प्रविधिमा आधारित ठूलो आईटी टोली निर्माण गर्ने योजना अघि सारेका छन्।

शुक्रबार आयोजित डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको उद्घाटन कार्यक्रममा उनले बदलिँदो समयअनुसार पार्टीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार संगठन विस्तार, जनसम्पर्क र विचार प्रवाहलाई प्रभावकारी बनाउन डिजिटल माध्यम महत्वपूर्ण बन्न पुगेको छ।

प्रचण्डले चुनावमा हुने ठूलो खर्चको तुलनामा सूचना प्रविधिमा पर्याप्त लगानी हुन नसकेको टिप्पणी गर्दै भविष्यमा यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए। उनले पार्टीका नेता–कार्यकर्तालाई निराशा फैलाउने प्रवृत्तिबाट टाढा रहँदै नयाँ ऊर्जा र सोचका साथ अघि बढ्न पनि आग्रह गरे।

कार्यक्रममा उनले सरकारका नीति तथा कार्यक्रम आम नागरिक, किसान र मजदुरको हितअनुकूल नभएको आरोप समेत लगाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *