अवतरण प्रयासका क्रममा भारतीय सैन्य विमान दुर्घटना, अनुसन्धान जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३०

काठमाडौँ : भारतको उत्तरपूर्वी राज्य असममा भारतीय वायुसेनाको एक सैन्य विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ।

शनिबार भारतीय वायुसेना (आईएएफ)को एएन–३२ परिवहन विमान भारतीय वायुसेना अन्तर्गत असमको जोरहाटस्थित वायुसेना स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको हो। उक्त क्षेत्र दिसपुरबाट करिब २९८ किलोमिटर उत्तरमा पर्छ।

कार्गो र आपूर्तिका लागि प्रयोग हुने दुई इन्जिनको टर्बोप्रप विमान अवतरणका क्रममा दुर्घटनामा परेको भए पनि हालसम्म कुनै मानवीय क्षति वा हताहत भएको रिपोर्ट प्राप्त नभएको अधिकारीहरूले जनाएका छन्।

घटनापछि उद्धार टोली परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ। दुर्घटनाको कारण भने अझै खुल्न नसकेको र विस्तृत अनुसन्धान सुरु गरिएको भारतीय वायुसेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *