नागरिकमैत्री सेवा प्रवाहमा जोड दिन आईजीपी कार्कीको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

काठमाडौं, २९ जेठ — प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीलाई नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा सरुवा भएका इन्स्पेक्टरहरूलाई सम्बोधन गर्दै उनले बोली, व्यवहार र कार्यशैली सुधार गर्दै अनुशासित र व्यावसायिक रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

आईजीपी कार्कीले संगठनको हितलाई प्राथमिकतामा राख्दै कर्तव्यनिष्ठ भएर काम गर्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *