|
२०८३ जेष्ठ २९
धुलिखेल, २९ जेठ — काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो। दुर्घटनामा परेका घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टले दुर्घटनामा सात जनाको ज्यान गएको पुष्टि गर्दै घाइतेहरूको उपचार भइरहेको जानकारी दिए।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्