आज मौसम कस्तो रहला? केही ठाउँमा पानी पर्ने संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २७

आज देशका धेरैजसो पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना छ भने तराईका अधिकांश भागमा मौसम आंशिक रूपमा खुला रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्छ।

साँझपख र राति पनि विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा गर्मीको प्रभाव भने कायम रहने अनुमान छ।

सर्वसाधारणलाई चट्याङ र वर्षाका बेला आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *