भारत भ्रमणपछि स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं, जेठ २४ — परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भारत भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय वार्ता गरेका थिए। वार्तामा व्यापार, ऊर्जा, विकास सहकार्य तथा दुई देशबीचको सम्पर्क विस्तारका विषयमा विचार आदानप्रदान भएको बताइएको छ।

भारत बसाइका क्रममा मन्त्री खनालले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग पनि भेटघाट गरेका थिए।

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भएको यो भ्रमणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *