शासकीय सुधारलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्दै : मन्त्री मेहता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय कार्यसूची कार्यान्वयनमा ध्यान केन्द्रित गरेको बताएकी छन्।

सञ्चारकर्मीसँगको भेटघाटमा उनले स्वास्थ्य क्षेत्रका सुधारका कामलाई प्रभावकारी रूपमा अघि बढाइने र मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमहरू कार्यान्वयनमा जोड दिइएको जानकारी दिइन्।

मन्त्रालयका सचिव विकास देवकोटाले पनि अस्पताल सेवा, औषधि व्यवस्थापन र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि नीतिगत तथा संरचनागत परिवर्तनका काम भइरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *