नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता, परराष्ट्रमन्त्री खनालको दिल्ली भ्रमण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको औपचारिक भ्रमण गर्दै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा विकास सहकार्य, ऊर्जा, व्यापार, पारवहन र डिजिटल साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी सहयोगका नयाँ क्षेत्र विस्तार गर्ने सहमति जनाएका छन्। भ्रमणका क्रममा विभिन्न डिजिटल तथा पूर्वाधार परियोजनासम्बन्धी सहकार्य पनि अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *