जनस्वास्थ्य सुधारमा सरकार प्रतिबद्ध रहेको स्वास्थ्यमन्त्री मेहताको भनाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको भन्दै त्यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले खाद्य स्वच्छता सुनिश्चित गर्दै जनस्वास्थ्य सुधारलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन्।

मन्त्री मेहताले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयन, खाद्य परीक्षण प्रयोगशालाको सुदृढीकरण तथा बजार अनुगमनलाई थप प्रभावकारी बनाइने बताएकी छिन्।

उनले सुरक्षित खानपानका अभ्यास अवलम्बन गर्न सबै सरोकारवालालाई आग्रह गर्दै स्वच्छ खानपानले रोग र आर्थिक भार दुवै घटाउन मद्दत गर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *