कार्यविभाजनप्रति बास्कोटाको असन्तुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी सचिवालयले हालै गरेको कार्यविभाजनप्रति असहमति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले वर्तमान कार्यविभाजनले पार्टी सञ्चालनभन्दा आदेश पालना गर्ने संस्कृतिलाई प्राथमिकता दिएको टिप्पणी गरेका छन्।

बास्कोटाले कार्यविभाजनमा स्पष्ट सिद्धान्त र मापदण्ड नदेखिएको उल्लेख गर्दै अब एमालेको दिशा बुझ्न कृत्रिम बुद्धिमत्ता (एआइ) को सहारा लिनुपर्ने अवस्था आएको व्यंग्य गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *