उपत्यकामा २४ घण्टामै दुई हजारभन्दा बढी चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं, जेठ २४ — ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा पछिल्लो २४ घण्टामा २,२५६ सवारीचालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा चार लाख ९१ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन, तीव्र गति, ट्राफिक बत्ती उल्लङ्घन तथा अन्य नियम नमानेका चालकहरूलाई कारबाही गरिएको हो। प्रहरीले सडक अनुशासन पालना गर्न सबै सवारीचालकलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *