कोलम्बियाको कोइला खानी दुर्घटनामा सात श्रमिकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २३

काठमाडौँ । कोलम्बियाको मध्य क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा सात जना श्रमिकको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भूमिगत क्षेत्रमा ग्यास जम्मा भएपछि विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनापछि उद्धार टोली परिचालन गरिएको थियो।

स्थानीय प्रशासनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिने जनाएको छ। सुरक्षामापदण्डको कमजोर पालनाका कारण उक्त क्षेत्रमा यस्ता दुर्घटना बेलाबेला हुने गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *