|
२०८३ जेष्ठ २२
काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन्।
भारतीय विदेशमन्त्री एस जयशंकर को निमन्त्रणामा भएको भ्रमणका क्रममा उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन्।
भ्रमणका दौरान नेपाल–भारत सम्बन्ध, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा जनस्तरको सहकार्यलगायत विषयमा उच्चस्तरीय छलफल हुने जनाइएको छ।
यो वर्तमान सरकार गठनपछि भएको पहिलो उच्चस्तरीय विदेश भ्रमण मानिएको छ। मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्